काठमाडौँ। प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटन एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन्।
ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार अध्यक्ष ओली करिब ६:३० बजे बालुवाटार पुगेका थिए। आजको भेटमा एमसीसी र वर्तमान राजनीति विषयमा छलफल भएको बुझिएको छ।
सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गरेको पछि एमाले नैतिक संकटमा परेको छ। सत्ता पक्ष गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले एमालेलाई सहयोग गर्न निरन्तर प्रयास गरिरहेका छन्।
एमसीसी र र्वतमान राजनीतिका बारेमा यसअघि यही फागुन ६ गते ओलीको निवास बालकोटमा देउवा र ओलीबीच भेटवार्ता भएको थियो। भेटमा ओलीले गठबन्धन भत्काएको खण्डमा साथ दिने बताएका थिए।