कालिकोट। कालिकोटकाे सान्नीत्रिवेणी गाउँपालिका-३ को वडाकार्यालय भवनको शिलान्यास गरिएकाे छ।
सान्नि त्रिवेणी गाउँपालिका-३ का वडाध्यक्ष विष्णु प्रसाद देवकाेटाकाे अध्यक्षता र सान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीकाे प्रमुख आतिथ्यतामा वडाकार्यालय भवनको शिलान्यास गरिएकाे हो। भवनको शिलान्यास गाउँपालिका अध्यक्ष शाहीले गरेका थिए।
वडाकार्यालयकाे नयाँ भवन पाउँदा सान्नित्रिवेणी गाउँपालिका-३ का जनताहरूले खुसि व्यक्त गरेका छन्। वडाध्यक्ष देवकोटाले जनताको सेवालाई सम्झेर वडाकाे बजेटबाट ९ लाख रकम बिनियोजन गरिएकाे बताए। कच्चि भवन बनाउने स्टमेट भएपनि गाउँपालिकाका अध्यक्ष शाहीद्वारा कार्यक्रममै १० लाख थप गरी १९ लाखमा उपभोक्ता समिति मार्फत आगामी बैशाख महिना भित्रै पक्की भवनको निर्माणकार्य सम्पन्न गरेर स्थायी रुपमा भवनको उद्घाटन गर्नुपर्ने छ। आफ्नो कार्यकाल सकिएतापनि पाँच वर्षको अवधि भित्रै वडाकार्यालय मार्फत विभिन्न सेवा सुविधाहरू दिनुपर्ने गाउँपालिका अध्यक्ष शाहीको भनाई थियो।
सान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाही, साेहि गाउँपालिकाका ईन्जिनियर रमेश सुवेदी, प्राविधिक चक्र सार्की, वडा नम्बर ३ का वडाध्यक्ष विष्णुप्रसाद देवकोटा, वडासचिव हेमराज देवकोटा, वडा सदस्य मनराज देवकोटा, महिला वडा सदस्य काैरा देवकोटा, वडा नं.३ का कार्यालय सहयाेगी दिनेस देवकोटा, विद्याज्याेती माविका शिक्षक गणेशमान देवकोटा, गडुलस्नानी निमाविका प्रधानाध्यापक दिपराज देवकोटा, धलपुरामण्डल आधारभुत विद्यालयका प्रधानाध्यापक जिर प्रसाद देवकोटा, साेहि विद्यालयकी शिक्षिका सुनिता घिमिरे, वडा नम्बर ३ का स्थानिय बलिराम देवकोटा, तुलाराज देवकोटा, भवनराज देवकोटा, सर्जन प्रसाद देवकोटा, समाजवादी वडा कमिटिका अध्यक्ष बिरेन्द्र देवकोटा, समाजवादी वडा कमिटिकी उपाध्यक्ष दुरादेवि देवकोटा, वडा नम्बर ३ का माओवादी युवा नेता हरिकृष्ण देवकोटा, दमन देवकोटा, प्राइम टाइम्स टेलिभिजन नेपालका कालिकोट जिल्ला संवाददाता तथा कर्णाली सन्देश डटकमका संवाददाता रमेश बहादुर बुढा, कर्णालीपत्रिका डटकमका अध्यक्ष जीवनराज देवकोटा र विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता लगायतकाे उपस्थितिमा वडाकार्यालय भवनकाे शिलान्यास गरिएकाे थियाे।