काठमाडौँ। नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। पार्टी विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्नेछ’, खतिवडाले भने। उनले सरकारमा जाने र एमसीसीको विरोधसँग कुनै कुरा जोड्न नहुने पनि बताए। ‘सरकारमा बस्ने र बाहिरिने कुरा समयले निर्धारण गर्छ’, खतिवडाको भनाइ छ।