काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहेको बताएका छन्।
संसद् बैठकपछि उनले सञ्चारकर्मीसँग सरकारले जेसुकै भएपनि एमसीसी पास गर्न विषयमा आफूहरूको समर्थन नरहने बताए। एमसीसी टेबल गर्दा सत्तारुढ सांसदहरुले विरोध जनाएका थिए।
अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभामा टेबल भएको छ। अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि संसद भवन बाहिर भने एमसीसीको विरोधमा प्रदर्शन चर्किएको छ। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही घाइते भएका छन् । केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।