काठमाडौँ। अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव संदमा पेश भएपछि सडकमा चर्को विरोध भएको छ।
संसद भवन बाहिर, वानेश्वर क्षेत्र तनाग्रस्त बनेको छ। एमसीसीको विरोधमा देशभर प्रदर्शन चर्किएको अवस्था छ। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही घाइते भएका छन्।
केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनेरास्ववियू क्रान्किारीकी अध्यक्ष पञ्चा सिंहलगायता विद्यार्थी नेताहरु घाइते बनेका छन्। प्रहरीले प्रदर्शनकारीमाथि लाठी, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ। प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्।