झलनाथलगायत यि सांसदले संसदमा एमसीसीको विरोध जनाए



काठमाडाैँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसी टेबल भएपछि रोष्ट्रममै पुगेर नाराबाजी गरेर विरोध जनाएका छन्।

आइतबार अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन्। कार्कीले एमसीसी पेश गरेपछि एकीकृत समाजवादीका केही सांसदहले उठेर विरोध जनाएका थिए।

त्यस्तै माओवादीका सांसद कृष्णहादुर महराले उभिएर विरोध गरेका छन्। त्यस्तै गिरिराजमणि पोखरेल र केही सांसदले पनि उठेर विरोध गरे।नेमकिपाका प्रेम सुवाल, जनमोर्चाकी दुर्गा पौडेलले पनि विरोध गरे।

नेकपा एमालेका सांसदहरुले भने प्रतिनिधिसभाको बैठक सुरु हुँदादेखि नै रोष्ट्रममा नाराबाजी गरेका थिए। पहिले रोष्ट्रममा नाराबाजी गर्न नगएका नेता भीम रावल सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव पेश गर्न रोष्ट्रममा पुगेपछि भने उठेर नाराबाजी गरेका थिए।