काठमाडौँ। सर्वाधिक विवादमा आएको अमेरिकी सहायता परियोजना (एमसीसी) का बारेमा निर्णय लिन नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ।
बैठक शनिबार बिहान ११ बजे बानेश्वरमा बस्नेछ। प्रवक्ता जगन्ननाथ खतिवडाका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ।
सरकारले एमसिसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा छन्। माओवादीले अहिलेको अवस्थामा एमसिसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ। एकीकृत समाजवादीले भने आज निर्णय लिन लागेको हो। आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएको छ।