सुर्खेत। प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारलाई ४० प्रतिशतसहित ॐ कर्णाली डेन्टल क्लिनिक खुलेको छ।
वीरेन्द्रनगर ६ मा भर्खरै खुलेको कर्णाली डेन्टल क्लिनिकमा पत्रकारसहित राष्ट्रसेवक, विद्यार्थी तथा खेलाडीसहितलाई जम्मा ६० प्रतिशतमा सेवा दिने सञ्चालक डा. विनोद कार्कीले बताए।
संघीय राजधानी काठमाडौँका विभिन्न अस्पतालमा कार्यअनुभव बटुलेका कार्कीले आफू कर्णालीबासिको नाताले कर्णालीका जनतालाई सेवा गने क्लिनिक खोलेको बताए। उनकाअनुसार प्रदेशको राजधानी सुर्खेतमा अत्याधुनिक मेसिनबाट दात सम्बन्धि सम्पुर्ण सेवादिने ॐ कर्णाली डेन्टल पहिलो क्लिनिक रहेको दाबी गरे।
क्लिनिकले दन्त परिक्षण, डिजिटल एक्स रे मार्फत उपचार, दन्त सौन्दर्य, शल्यक्रियामार्फत दाँतको जराको उपचार र नक्कली दाँत राख्ने जस्ता सेवा दिने जनाइएकाे छ। कर्णालीको हुम्ला जिल्लामा जन्मेर कर्णालीका जनतालाई सेवा गर्ने आफ्नो इक्षा पूरा भएको कार्की बताउँछन्।