काठमाडौँ। राजधानीको कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ।
सडक पेटीमा दुईवटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधबार नेपाल बन्दको आयोजना गरेका थिए।
साथै, एमसीसीको विरोधमा काठमाडौंमा केही दिनदेखि विरोधका विभिन्न कार्यक्रमहरु भइरहेका छन्। बम राख्नेहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।