देउवा पुन: बालकोट फर्किए



काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता सकेर बाहिरिएका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि फर्किएका छन्।

उनी अर्को चरणमा छलफलका लागि पुनः बालकोट फर्किएका हुन्।

अहिले एमालेका एक दर्जन नेताहरु पनि बालकोटमा भेला भएका छन्। बालकोटमा भेला भएपनि एमालेका अन्य नेताहरु भने बैठकमा सहभागी छैनन्।

बालकोट भेटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि सहभागी छिन्। गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओली भेट्न पुगेका हुन्।