काठमाडौँ। ईमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) ५१ हजार ६७० जनाले १० कित्ताका दरले पाएका छन्।
आवेदकहरु मध्येबाट बुधबार गरिएको गोला प्रथामा ५१ हजार ६७० जनाले १० कित्ताका दरले र यसमध्येकै ८ जनाले ११ कित्ताका दरले आईपीओ हात पारेका हुन्।
कम्पनीको आईपीओमा २३ लाख ३१ हजार २५८ जना आवेदकबाट दुई अर्ब ६४ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ६४ लाख ३० हजार ३३० कित्ता सेयरको लागि आवेदन परेको थियो।
कुल आवेदक मध्ये २ हजार ५५२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जानकारी दिएको छ । क्यापिटलका अनुसार २३ लाख २८ हजार २०६ जनाको योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजार ९७० कित्ता आईपीओ माग गरिएको थियो ।
५१ हजार ६७० जनाले १० कित्ताको दरले ५ लाख १६ हजार ७०० कित्ता सेयर पाए भने यसरी वितरण गरेर बाँकी रहेको ८ कित्ता यी मध्येकै ८ जनाले थप १र१ कित्ताका दरले सेयर हात पारेका हुन् ।