नेष्डो समृद्ध लघुवित्तको आईपीओ निष्काशनको तयारीमा



काठमाडौँ। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशनको तयारी रहेको छ।

कम्पनीले यहीँ फागुन ११ गतेदेखि ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। एकसय रुपैयाँ अंकित ८ लाख २८ हजार ७५० कित्ता मध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुनिश्चित गरिएको छ।

बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता सेयरका लागि भने सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन्। यद्यपि, लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

फागुन ११ गतेदेखि निष्काशन हुने कम्पनीको आईपीओ मा इच्छुक लगानीकर्ताले छिटोमा फागुन १५ गतेसम्म र ढिलोमा फागुन २५ गतेसम्म (तोकिएको समयमा माग गरे बमोजिम आवेदन नपरेमा) आवेदन दिन सक्ने छन्। लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले इक्रा नेपालबाट बीबी प्लस रेटिङ प्राप्त गरेको छ।