गरिब, दलित, कमजोर वर्गले लड्न नसक्ने भए: उपेन्द्र यादव



जनकपुर। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले विश्वका धनी देशहरुभन्दा नेपाल जस्तो गरिब देशको चुनाव महंगो भएको बताएका छन्।

उनले यस्तो महँगो चुनाव गरिब, दलित, पछाडी पारिएका वर्गले लड्न नसक्ने बताए। संविधानमा निर्वाचन प्रणाली धेरै महँगो छ त्यसलाई परिवर्तन गर्नुपर्छ’ धनुषाको धनौजी गाउँपालिकामा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘नेपाल जस्तो गरिब देशमा यस किसिमको निर्वाचन प्रणालीको आवश्यकता छैन।’

स्थानीय तहको चुनाव गराउन सरकारले १० अर्ब बजेट छुट्टयाएँदा निर्वाचन आयोगले ५० अर्ब मागेको भन्दै उनले नेपाल जस्तो गरिब देशमा कसरी चुनाव हुने बताए।

‘यो त सरकारी खर्च भयो, चुनाव लड्नेका निम्ति गरिने खर्च अन्य धनी देशभन्दा धेरै बढी छ’ उनले भने, ‘यति खर्चिलो चुनावमा दलित, महिला, गरिब पछाडि पारिएका व्यक्ति कसरी चुनाव लड्छ रु प्रदेश र संसदको चुनाव त अझ महंगो छ।’