स्वघोषित अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्ने



काठमाडौँ। ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ।

राप्रपाको आज बसेको बैठकले ज्ञानेन्द्र शाहीलाई राप्रपामा समाहित गर्ने निर्णय गरेको हो। समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा.धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए।

सो प्रस्ताव बैठकले अनुमोदन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार शाही ६ गते राप्रपामा समाहित हुनेछन्।