काठमाडाैँ। कर्णाली प्रदेश सरकार भौतिक, पूर्वाधार तथा शहरी विकासमन्त्री पदम रोकायाले आगामी स्थानीय तहको निर्वाचनमा खटिन युवाहरुलाई निर्देशन दिएका छन्।
कर्णाली प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको शुभकामना तथा पहिलो बैठकमा बोल्दै मन्त्री रोकायाले उक्त आग्रह गरेका हुन। मन्त्री रोकायले भने, ‘हाम्रो पार्टीको काँधमा ठूलो जिम्मेवारी छ। थुप्रै परकारका चुनौतीहरु पनि छन्। यि चुनौतीहरुसँग जुध्नुपर्नेछ। हामीले के पायौं, कति पायौं, पार्टीले के जिम्मेवारी दियो? त्यसको धेरै अर्थ राख्दैन। काम गर्ने हो। बोलेर भन्दा पनि व्यवहारमा गरेर देखाउने हो। म धेरै जानेको र पढेको मान्छे पनि होइन। म इमान्दारिताका साथ आफ्नो जिम्मेवारी पूरा गर्नेछु।’
उनले काठमाडौँमा रहेका युवा नेताहरुलाई गाउँमा जान अनुरोध गरेका छन्। उनले भने, ‘सरकारले आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन तोकि सकेको कारण काठमाडौँमा रहेका युवा नेताहरुलाई गाउँमा जानका लागि अनुरोध गर्दछु। हाम्रा उम्मेदारलाई जिताउनु पर्यो। संगठन बलियो बनाउनु पर्यो। संगठनबिना पार्टी बलियो हुँदैन। प्रतिगामी एमालेका विरुद्धमा उत्रिनु पर्यो। केपी ओलीले एक सिट जितेर देखाउन चुनौती दिएका छन्। त्यसको जवाफ आगामी निर्वाचनमा दिनुपर्छ।’
म इमान्दार पूर्वक काम गर्ने मान्छे हुँ। मान्छे आर्थिक प्रलोभनका कारण बिग्रिन्छ। अरु कारणले होइन। म आर्थिक प्रलोभनभन्दा निक्कै टाढा छु। कसैले पैसा दिएर योजनाहरु लिने गरेका छन् तपाईंले होसियारिता अपनाउनु होला भनेर भन्नु भयो। मेरोतर्फबाट त्यस्तो हुँदैन। पदम रोकायले कसैसँग १ रुपैयाँ गलत नियतले लिएको पुष्टि भयो भने पदबाट राजिनामा दिन्छ।’ कमिटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता तथा पार्टीका पोलिट ब्यूरो सदस्य विजय गुरुङको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
यो पनि पढ्नुहोस् https://karnalisandesh.com/2022/02/29743/