कर्णाली प्रदेश सम्पर्क कमिटीको पहिलो बैठक सम्पन्न



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश सम्पर्क कमिटीको पहिलो बैठक सम्पन्न भएको छ।

मंगलबार कमिटीका अध्यक्ष कमल खत्रीको अध्यक्षतामा सम्पन्न बैठकको प्रमुख अतिथिका रूपमा पार्टीका पोलिट ब्यूरो सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज विजय गुरुङ उपस्थित थिए। गुरुङले पार्टीका जिम्मेवार नेताकार्यकर्ताहरुले पार्टीको हितमा आफूलाई समर्पित गर्न निर्देशन दिएका छन्।

अध्यक्ष खत्रीका अनुसार बैठकले कमिटीको पूर्णता दिने, विभागहरु गठन गर्ने, तत्काल पार्टी सदस्यतालाई अध्यावधिक गर्ने निर्णय गरेको छ।कार्यक्रममा कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो। मन्त्री रोकायले आफू कुनै पनि प्रलोभनमा नपरी प्रदेशको विकासमा खट्ने प्रतिबद्धता जाहेर गरेका छन्।