कालिकोट। सान्नीत्रिबेणी गाउँपालिका २ का युवा नेताहरु विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेको छन्।
सोमबार सान्नीत्रिबेणी गाउँपालिका वडा न.२ मा एक अनौपचारिक कार्यक्रम गरि युवा नेताहरुले पार्टी प्रवेश गरेका हुन्। उक्त कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कालिकोट जिल्ला प्रदेश (ख) का इन्चार्ज तथा सान्नीत्रिबेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाही प्रमुख अतिथि र विशेष अतिथि माओवादी केन्द्र सान्नीत्रिबेणी गाउँपालिका कमिटी सदस्य बसन्त बहादुर बुढाको उपस्थितिमा सम्पन्न भएको थियो।
उक्त कार्यक्रमबाट कमल बहादुर बुढा, राष्ट्रिय प्रजातान्त्र पार्टीबाट तगत्त बहादुर बुढा, नेकपा एमालेबाट मन बहादुर बुढा लगाएतका युवा नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेको हुन्।