काठमाडौँ। नायिक तथा सामाजिक अभियन्ता रेखा थापाले कोट म्यारिज गरेको खुलासा भएको छ।
नायिका थापाले गत माघ १२ गते जाजरकोट स्थायी घर भएका प्रेमी बलराम शाहीसँग बिहे गरेको जानकारी प्राप्त भएको छ। निक्कै लामो समयदेखि रेखाको विवाहका बारेमा चर्चा हुँदै आएको थियो।
विगत दुई दशकदेखि कलाकारितामा सक्रिय रहेकी थापा अन्ततः कर्णालीको बुहारी बनेकी छन्। केही वर्ष अघि मालिका चलचित्र निर्माणका क्रममा उनको टिम जाजरकोट पुगेको थियो। नायिका थापा आफ्नो विवाहलाई केही महिनापछि मात्रै सार्वजनिक गर्ने मनसायमा थिइन। तर, मिडियाहरुले अदालसम्मै पुगेर उनको विवाहको बारेमा खोजी न्युज तयार पारेपछि प्रमे दिवसकै दिन रेखाको विवाह भएको खबर बाहिरिएको छ।
नायिका थापाका हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोर्यो मेरो मन, काली, हिम्मतवाली, दुर्गा, मालिका जस्ता बहुचर्चित फिल्महरु बजारमा छन्। चलचित्र जगतमा नारीहरुले पनि गर्न सक्छन् भनेर पुष्ठि गर्त सफल भएकी रेखा पछिल्लो समय राजनीतिमा सक्रिय छिन्। केही समय अघि सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएकी थिइन। उनी सम्मानजनक मतसहित पराजित भएकी थिइन्।