कालिकोट। सान्नीत्रिबेणी गाउँपालिका-५ का वडाध्यक्ष नरेश बमले आफ्नो पाँच वर्षको कार्यकालमा नमुना याेग्य काम गरेकाे दाबी गरेका छन्। उनी २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
विकास निर्माणदेखी सामाजिक काममा उनकाे उत्तिकै अग्रसरता देखिन्छ। अध्यक्ष बम २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित भएदेखी अहिलेसम्मको पाँच वर्षको कार्यकालमा निम्न काम गर्न सफल भएको हुन्।
१) निर्वाचित भएको पहिलो वर्षमै सुबिधासम्पन्न वडा कार्यालय निर्माण।
२) दुई वटा दलित बस्तीमा सुबिधायुक्ता खानेपानीका आयाेजना सम्पन्न ।
३) सान्नीत्रिबेणी पालिकालाई खरछानामुक्त पालिका घोषँणा र नि:शुल्क जस्तापाता वितरण ।
४) वडामा प्रदेशकै पहिलो योजना रिङ्गरोड को परिकल्पना सहित निर्माण सम्पन्न गरि नेपाली कांग्रेसका प्रभावशाली नेता भुपेन्द्रजङ्ग शाहीद्वारा उद्घाटन ।
५) कालिकोट त्योपनी सान्नीको भौगोलिक विकटतालाई ध्यानमा राखी वडाका सबै नागरिकलाई नि:शुल्क आयोडिनयुक्त नुन डिपो सञ्चालन ।
६) हरेक वर्ष वडाका बिपन्न टुहुरा दलित बालबालिकालाई लुगा शैक्षिक सामग्री बितरण ।
७) कोरोना माहमारीको बेला वडा सञ्चालित सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षकलाई कोरोना अवधिलाई पुग्नेगरी मास्क सेनिटाइजर लगायत सामाग्री वितरण ।
८) आफुले पाउँदै आको सेवा सुबिधाबाट सेवाका भावले नि:शुल्क तथा स:शुल्क एम्बुलेन्स सञ्चालन ।
९) वडामा सञ्चालित सामुदायिक विद्यालयलाई स्मार्ट बनाउने हेतुले प्रत्येक विद्यालयलाई कम्प्युटर वितरण ।
१०) वडाका सबै नागरिकको बैंक खाता अनिवार्य गरेको ।