काठमाडौँ। अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौताका विरुद्धमा नेकपा (एकीकृत समाजवादी) का भ्रातृ संगठनहरुले देश व्यापि पर्दशन गरेका छन्।
अनेरास्ववियू, युवा संघ, समाजवादी प्रेस संगठन, साँस्कृतिक संगठनका मोर्चा संगठनहरुले एमसीसीका विरुद्धमा देश भर बिरोध प्रदर्शन गरेका छन्।
बिरोध प्रदर्शनमा एमसीसी चाहिँदैन, यथास्थितिमा एमसीसी पास गर्न हुँदैन, राष्ट्रिघाती एमसीसी खारेज गरलगायतका नाराहरु लेखिएका ब्यानरसहित उपस्थित भएका थिए।