काठमाडौँँ। नेकपा एमालेले सभामुख अग्नि सापकोटालाई दुई विकल्प दिएको छ।
मार्गप्रशस्त गर्ने वा आफ्नो गल्तीलाई सच्याएर अघि बढ्नेबारे उनलाई एमालेले विकल्प दिएको हो। आइतबार एमाले अध्यक्ष केपी अोली निवास बालकोटमा बसेको सचिवालय बैठकले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको विषयमा सभामुखको भूमिकालाई दिएर सापकोटालाई दुई विकल्प दिएको हो।
बैठकपछि महासचिव शंकर पोखरेलले भने, ‘सभामुखको भूमिका उहाँले निर्वाह गर्न सक्नुभएन। उहाँको भूमिकाप्रति हाम्रो आपत्ति रहेको छ। १४ जना सांसदलाई कारबाही गर्ने एमालेको निर्णयमा सभामुखले आफ्नो गल्तीलाई सच्याउने वा जारी अवरोध अन्य गर्नका लागि मार्गप्रशस्त गर्ने भन्ने दुई विकल्प हामीले दिएका छौँ।’