काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीरही बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ।
तराईका केही भू-भागमा हुस्सु कुहिरो रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सोमबार पनि मौसम सामान्यतया सफा रहनेछ।
मंगलबार भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली बाकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।