जनयुद्धको भूमिका दूरगामी महत्त्वको थियो: अध्यक्ष प्रचण्ड



काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको रहेको बताएका छन्। ‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको थियो र अहिले पनि छ’,आइतबार २७औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले भनेका छन्, ‘नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ।’

जनयुद्धको जगमा सम्पन्न भएको ०६२/०६३ को संयुक्त जनआन्दोलन पश्चात् मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको प्रचण्डको भनाइ छ।

२७औँ जनयुद्ध दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दै यस ऐतिहासिक सन्दर्भमा देशमा क्रान्तिकारी परिवर्तनको निम्ति जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले जनयुद्धका क्रममा बेपत्ता पारिएका योद्धाहरू, घाइते योद्धाहरू र उनीहरूका परिवारजनप्रति हार्दिक सम्मान प्रकट गर्न पनि गरेका छन्।