यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भाग सामान्यतया सफा रहेको छ।

शनिबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यता आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।