वास्तविक लडाई सुरु भएको छ: अध्यक्ष ओली



काठमाडौँ। विभिन्न बाहाना बनाएर संसद अवरोध गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेश र परमादेशका बीचको वास्तविक लडाई सुरु भएको बताएका छन्।

‘स्थानीय तह निर्वाचन प्रक्षिण तथा अभिमुखीकरण’ कार्यक्रमको शुक्रबार शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान गठबन्धन सरकार परमादेशवाला र एमाले जनादेशवाला भएको भन्दै अब यी दुईबीच लडाईं सुरु भएको बताएका हुन्।

‘आज जनादेशमार्गी लोकतन्त्र जो हामीले अपनाएका छौ र परमादेशमार्गी प्रतिगमनकारी षडयन्त्रका बीच वास्तविक लडाई अब सुरु भएको छ। यो जनादेश र जन अभिमत बीचको लडाई सुरु भएको छ यस लडाईलाई हामीले बुझ्नुपर्दछ’, ओलीको भनाई छ।

वास्तविक लडाईंको मैदानमा आफुहरु प्रवेश गरेको भन्दै यो लडाई स्थानीय चुनावबाट सुरु भएर संघ प्रदेशसम्म कायम रहने बताए। उनले पवित्र जनमतले अब हुने निर्वाचनबाट देशलाई शुद्ध पार्ने भन्दै खन्चुवाहरुको सरकारबाट देशलाई मुक्त गर्न एमाले नेता कार्यकर्तालाई निर्देशन दिए।