‘यो पटक चुनाव मात्र होइन, राजनीति पनि जिताउनु छ’



जुम्ला। नेपाली कांग्रेसका सचिव लक्ष्मण शाहीले आगामी निर्वाचनमा निर्वाचनमात्रै नभएर राजनीति पनि जित्नुपर्ने बताएका छन्।

बुधबार शाहीले सामाजिक सञ्जाल फेशबुकमार्फत सचिव शाहीले यो पटक चुनावमात्रै नभएर राजनीति पनि जित्नुपर्ने बताएका हुन्। उनले लेखेका छन्, ‘हामीसँग समय कम छ। तर, सफलता हाम्रो सम्मुखमा छ।’

राजनीतिक दलहरुले चुनावलाई सत्तामा पुग्ने माध्ययम बनाएको तर्फ इंगित गर्दै सचिव शाहीले अगाडी लेखेका छन्, ‘यो पटक चुनाव मात्र होइन, राजनीति पनि जिताउने अभिभारा छ। तसर्थ हामी सबै मिलेर स्थानीय निर्वाचनको तयारी गरौं। नेपाली कांग्रेसको सबै उम्मेदवारलाई निर्वाचित गराऔं।’

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ। सत्ता गठबन्धन एमसीसीको कारण धरमराएका टिप्पणी हुन थालेपछि राजनीति सरगर्मी बढेको छ। एमसीसी संसदमा टेवल गर्ने विषयमा सहमति हुन नसक्दा राजनीति सरगर्मी बढेको हाे।