काठमाडौं। नेकपा माओवादीको केन्द्रीय समिति बैठक स्थगित भएको छ। कोरोना महामारीका कारण बैठक स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।
यसअघि माघ २७ गतेका लागि बोलाइएको बैठक बस्ने ठाउँ तय नभएका कारण माघ २८ र २९ गतेका लागि सारिएको थियो। बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बस्ने तय भएको थियो। तर अघिल्लो दिन बैठक स्थगित गरिएको हो।
माओवादीको केन्द्रीय समिति बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का विषयमा पार्टीको धारणा प्रष्ट पार्ने र पार्टीका पदाधिकारी चयनबारे पनि छलफल गर्ने तय भएको नेताहरुको भनाइ थियो।