काठमाडौँ। नेपाली कांग्रेसको प्रवक्तामा नेता डा. प्रकाशशरण महत चयन भएका छन्।
नेता महतलाई सभापति शेरबहादुर देउवाले सोमबार पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन्। महत पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए। महत सभापति देउवा प्यानलबाटै महामन्त्रीमा चुनाव लडेका थिए।