कालिकोट। नेकपा (एकीकृत समाजवादी) निटक भ्रातृ संगठन समाजवादी प्रेस संगठन, अनेरास्ववियू र युवा संघका नेताहरुले प्रमुख जिल्ला अधिकारी रामहरी शर्मालाई भेटका छन्।
आइतबार प्रमुख जिल्ला अधिकारी शर्मासँगविभिन्न विषयमा छलफल गरेका हुन् । कालिकोट जिल्लाका निवर्तमान प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको सरुवापश्चात् नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा कालिकोट आएका रामहरी शर्मासँग सो संगठनहरुले विशेषसहित स्वागतसहित छलफल गरेका हुन्।
समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवं सह इन्चार्ज अनन्त बराल, केन्द्रि सदस्य खडानन्द अधिकारी, प्रदेश सहसंयोजक दिलिपकुमार शाही, जिल्ला अध्यक्ष किरण अधिरकारी, उपाध्यक्ष छत्र रोकामगर, सचिव जीवन देवकोटा, सहसचिव तारा सार्कीलगायत समाजवादी प्रेस संगठन नेपाल कालिकोटका पदाधिकारीहरुको उपस्थित रहेको थियो।
युवा संघ नेपालका केन्द्रिय स्थाई कमिटी सदस्य एवं जिल्ला अध्यक्ष गणेश शाही, अनेरास्ववीयुका केन्द्रीय स्थाई कमिटी सदस्य एवं जिल्ला अध्यक्ष अमित शाही, अखिल फोर्सका जिल्ला अध्यक्ष रमेश शाही ‘चरी’ लगायत नेकपा एकीकृत समाजवादी पार्टी निकट भातृ संगठनका नेता तथा कार्यकताहरुको उपस्थित रहेको थियो।
भेटघाट तथा छलफल कार्यक्रममा कालिकोट जिल्लाका विभिन्न समस्याहरुमाथि छलफल गर्दै समाधानको पाटोतिर लाग्ने प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताए। म्याद गएका सामानहरुको खोजी गरी नष्ट गर्ने, चक्रो भाडा दरलाई न्युनिकरण गर्ने, सरकारी गाडीको दुरुपयोग रोकथाम गर्ने, खानेपानीको अभावलाई सहजता बनाउने जस्ता विषयमा गहन छलफल भएको थियो।