सात महिनापछि केपी ओली बालुवाटारमा



काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सात महिनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

स्थानीय निर्वाचन, एमसीसी र संसद अवरोध हटाउने सन्दर्भमा छलफल गर्न ओली आइतबार बालुवाटार पुगेका हुन्। ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि छलफलमा सहभागि छन्।

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओली बालुवाटार पुगेका हुन्।

 प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवालाई भेट्न प्रचण्ड र ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन्। तीन नेताबीचको भेटमा एमाले महासचिव शंकर पोखरेल र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी छन्।