सिंहदरबार परिसरभित्रै कालो बेलुन



काठमाडौँ। नेकपा (एमाले) को भातृ संगठनले राष्ट्रिय युवा संघ नेपालले आइतबार सिंहदरबार परिसरभित्रै कालो बेलुन उडाएको छ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो। स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएको युवा संघले बताएको छ।

संघीय सरकारको मुख्य कार्यालय रहेको निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता विरोधमा उत्रिएपछि केहीलाई प्रहरीले नियन्त्रण लिएको छ। प्रहरीले युवा संघका केन्द्रीय सदस्यहरु गणेश थापा, जयराम लामा, अजित लामालगायतलाई सिंहदरबारबाट नियन्त्रणमा लिएको थापाले बताए।

तस्बिर: मुकुन्द कालिकोटे