काठमाडौं। कोरोना विरुद्धको खोप लगाएवाफत २० हजार रुपैयाँ घुस लिने एक स्वास्थ्यकर्मीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
महोत्तरीको महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजयकुमार साहविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
निःशुल्क रुपमा कोभिड–१९ विरुद्धको खोप लगाई दिनु पर्नेमा सेवाग्राहीसँग खोप लगाउन २० हजार रुपैयाँ घुस माग गरेपछि साह पक्राउ परेका थिए।
हेल्थ असिस्टेन्ट साहको निर्देशनमा कृष्णकुमार यादवले सेवाग्राहीबाट २० हजार घुस लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। अख्तियारले मतियारको रुपमा काम गर्ने यादवलाई पनि २० हजार बिगो माग दाबी गर्दै विपक्षी बनाएको छ।
थाहाखबरबाट