नेकपा एमाले हुम्लाका नेताहरु समाजवादीमा प्रवेश



काठमाडौँ। हुम्ला अदानचुली ४ का हरि सुनार, जार सुनार, जनक लुवार, अदानचुली गाउँ पालिका वडा नम्बर ६ का दत्त टमटा, नेत्र टमटाले नेकपा एमाले परित्याग गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा हुम्लाका सहइन्चार्ज हस्त शाहीका अनुसार मंगलबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीका उप-महासचिव गंगालाल तुलाधर, पोलिटव्यूरो सदस्य राम कुमार भट्टराईले नेकपा (एकीकृत समाजवादी) मा  स्वागत गरेका छन्।

आजै नेकपा एमाले कालिकोट शुभकालिका वडा नम्बर ३ का वडा कमिटी अध्यक्ष ईन्द्रबहादुर शाहीले एमाले परित्याग गरेका छन्।अध्यक्ष शाहीसँगै उक्त वडाका एमालेबाट निर्वाचित वडा सदस्य टिकाराम धितालले पनि एमाले परित्याग गरि नेकपा एसमा सहमाहित बनेका छन्।

त्यस्तै एमालेका युवा नेताहरु जयाराम धिताल र गणेशबहादुर शाहीले आजकै मितिबाट एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

मंगलबार सुर्खेतमा नवप्रवेशीहरुलाई पार्टीका केन्द्रीय उपमहासचिव एवम् कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला, प्रदेश अध्यक्ष अम्मरबहादुर थापा, केन्द्रीय सदस्य तथा कालिकोटका इन्चार्ज कुर्मराज शाही, केन्द्रीय सदस्य विजया विष्ट, कालिकोटका अध्यक्ष विश्वराज बम, कालिकोटै सचिव खडानन्द चौलागाईं, नेताहरु धीरबहादुर विष्ट, युवा नेता केशन शाहलगायतले पार्टीमा स्वागत गरेका हुन्।