काठमाडौँ। टोखा नगरपालिका–३ स्थित विष्णुमती करिडोरबाट प्रहरीले दुर्लभ बन्यजन्तु कस्तुरीको विना सहित ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट घर भएका २९ वर्षीय आशिक तामाङ, धादिङ घर भएका ३५ वर्षका श्याम पाठक र ४० वर्षीय राजु थापा तथा काठमाडौं तारकेश्वर नगरपालिका घर भएका ३४ वर्षीय कृष्ण गुरागाईं छन्।
कस्तुकरीको विना किनबेच हुन थालेको सुराक पाएपछि महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। आरोपीहरुलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागी जिल्ला बन कार्यालय हात्तिसारमा बुझाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए।