काठमाडौैँ। सोमबार सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.४३ प्रतिशतले घटेर २८ सयको रेन्जमा झरेको हो।
यस दिन नेप्से सूचक एक सय दशमलब १० अंकले घटेर २८ सय २० दशमलव ४१ विन्दुमा झरेको छ। यो केही महिना यताकै उच्च गिरावट हो।
त्यसो त यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १८ दशमलब २० अंकले घट्दै ५२५ दशमलब ९० विन्दुमा झरेको छ। आज सबै उपसूचक ऋणात्मक (नेगेटिभ) हुँदा सेयर बजार नै राताम्मे भएको छ।
यद्यपि, एक सय अंक माथिले नेप्से घट्दै गर्दा आज कारोबार भने झण्डै ९ अर्ब हाराहारीको भएको छ। नेप्सेका अनुसार यस दिन बजारमा कुल ८ अर्ब ८८ करोड ८५ लाख बराबरको सेयर कारोबार भएको छ। गत आइतबार १० अंकले घटेको बजारमा ७ अर्ब तीन करोड पाँच लाख रुपैयाँको कारोबार भएको थियो।