नेपालमा सयौँ स्वास्थ्यकर्मीको सङ्क्रमित



काठमाडौँ। ठूलो सङ्ख्यामा चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी एकैचोटि सङ्क्रमित हुँदा अरू उपलब्ध जनशक्तिमा चाप बढेको र स्वास्थ्यसेवा उपलब्ध गराउन कठिन भएको अस्पतालहरूले जनाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत एक सातामा ३५० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोभिड पुष्टि भएको छ। तीमध्ये अधिकांश स्वास्थ्यकर्मी काठमाण्डू उपत्यकाका वीर, शिक्षण र पाटन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन्।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार ती स्वास्थ्यकर्मीमध्ये अधिकांशले खोप लगाइसकेकोले त्यति जटिलता देखिएको छैन।

तर अस्पतालको सेवा प्रभावित हुन नदिन करारमा नयाँ जनशक्ति ल्याएर तथा कम चाप भएका अन्य अस्पतालको समेत सहयोग लिने प्रबन्ध गरिएको उनले बताए।