काठमाडौँ। तरकारीको राजा आलु भोजनको जरुरी हिस्सा बनिसकेको छ। यसमा भिटामिन सी, पोटासियम, भिटामिन–बी सिक्स र फाइबर पर्याप्त मात्रामा पाइन्छ। आलुमा फ्लेभोनाइड्सको नामको एन्टिअक्सिडेन्ट हुन्छ, जुन स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ। तर, आलु त्यतिबेला मात्रै शरीरका लागि स्वस्थ हुन्छ, जब तपाईंले सही आलु किनेर ल्याउनुहुन्छ।
दिल्लीमा न्यूट्रिसनिस्ट शैली तोमरका अनुसार तपाईंले आलु किन्दा त्यो कसिलो होस् भन्ने ध्यान राख्नुपर्छ। गिलो हुनुहुन्न। थिच्दा आलु खुम्चिन खालको हुनुहुन्नँ। आलुको सतहमा कुनै प्रकारको काटिएको वा धेरै दाग पनि हुनुहुन्नँ। त्यसो भए आलु किन्दा के के कुरामा ध्यान दिने त
टुसा पलाएको आलु किन्नु हुँदैन?
टुसा पलाएको आलुमा ग्लाइकोलाइड र काकोनाइन नामको रसायन बन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ। सेन्टर फर फुड सेफ्टी रिसर्चका अनुसार टुसा पलाएको आलु खानु हुँदैन। किनकी यो आलुमा ग्लाइकोलाइड अधिक मात्रामा पाइन्छ। ग्लाइकोलाइड आलुको बिरुवामा पहिले देखि नै पाइन्छ र यो विषालु पदार्थ हो। धेरै मात्रामा ग्लाइकोलाइड भएको खानेकुरा खाँदा पखाला लाग्ने हुन्छ। त्यसैले टुसा पलाएको आलु किन्नु हुँदैन।
हरियो आलु नकिन्नुहोस्
आलुको रंग हरियो हुनुको अर्थ त्यसमाथि एउटा विषाक्त रसायनको निर्माण हुनु हो। यो रसायनको नाम हो सोलनाइन। यदि सतहमा हल्का फुल्का हरियो छ भने त्यसलाई काटेर फालिदिए हुन्छ र अन्य भाग प्रयोग गरे हुन्छ। तर यदि पूरै आलु नै हरियो छ भने त्यो नखाएकै राम्रो। सोलनाइनका कारण आलुमा कडापन आउछ र यो खाँदा संक्रमण पनि हुनसक्छ। बान्ता हुने, पेट दुख्ने र पखाला लाग्ने जस्ता समस्या पनि आउन सक्छ। अधिक मात्रामा सोलनाइनले मस्तिष्क प्रणालीलाई पनि क्षती पु¥याउँछ। किनकी यो एक किसिमको न्यूरोटक्सिन हो।
फ्रिजमा नराख्नुहोस् आलु
आलु किनिसकेपछि यसलाई फ्रिजमा नराख्नुहोस् किनकी फ्रिजमा राख्नाले आलुको स्टार्च सुगरमा परिवर्तन हुन थाल्छ। त्यसैले आलु गुलियो हुन्छ। आलुलाई सूर्यको किरण सिधै नपर्ने स्थानमा राख्नुहोस्।
आलुलाई पेपर ब्यागमा वा परफोरेटेड प्लास्टिक ब्यागमा राख्नुहोस्। ओसिलो सतहमा पनि आलु नराख्नुहोस्। यस्तो ठाउँमा पनि नराख्नुहोस् जहाँको तापक्रम उच्च छ।
प्याजसँगै आलु नराख्नुहोस्
आलुलाई प्याजसँग पनि नराख्नुहोस्। यसबाट पनि टुसाउने समस्या बढी हुन्छ। यो सबै समस्याबाट बच्नका लागि आपूलाई छोटो अवधिमा पुग्ने ठिक्क आलु मात्रै किन्नुहोस्। यसलाई लामो समयसम्म भण्डारण गर्ने समस्याबाट बच्नुहोस्।