काठमाडौँ। नेपाल सरकारले भारतलाई नेपाली भू-भाग लिपुलेकमा एकपक्षीय ढंगले गरिरहेको सडक विस्तार कार्य रोक्न आग्रह गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले लिपुलेकमा भारतीय पक्षले गरेको सडक निर्माण रोक्न आग्रह गरेको बताएका हुन्।
त्यस्तै सरकारले महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पस्ट भएको बताएका छन्।
साथै मन्त्री कार्कीले नेपाल भारत बीच रहिआएको घनिष्ठ र मैत्रिपुर्ण सम्बन्धको मर्म र भावना अनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धी सम्झौता, तथ्य नक्सा र प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिवद्ध रहेको समेत बताएका छन्।