४ हजार ६३६ जनामा कोरोना सङ्क्रमण पुष्टि



सुर्खेत। देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

१४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। शुक्रबार ५०८७ जनामा संक्रमण पुष्टि भएको थियो।

यही अवधिमा थप ३५० जना सङ्क्रमणमुक्त पनि भएका छन्। नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १६ हजार ३ जना सङ्क्रमणमुक्त भइसकेका छन्। सङ्क्रमित थपिएसँगै नेपालमा निको हुने दर ९६।१ प्रतिशतमा पुगेको छ। नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ रहेको छ।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु पनि भएको छ। कोभिड–१९ को मृत्युदर १।४ प्रतिशत रहेको नेपालमा हालसम्म ११ हजार ६१७ जनाको मृत्यु भइसकेको छ। देशभर थप ४ लाख ३५ हजार १९३ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन्।