अनेरास्ववियूद्वारा सुनिल शर्मामाथी कालोमोसो



काठमाडौँ। अनेरास्ववियूद्वारा मेडिकल सञ्चालक सुनिल शर्मालाई कालोमोसो दलेको छ।

शुक्रबार नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका उप-महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनले सिहदरबार स्थित शिक्षा मन्त्रालयको गेटमा शर्मामाथी कालोमोसो दलेका हुन्।

संगठनका अध्यक्ष सुदेश पराजुलीले उप-महासचिव श्रेष्ठ र स्थायी कमिटी सदस्य पुनलाई तत्काल रिहा गर्न माग गरेका छन्। शुक्रबार केएमसी मेडिकल कलेज संचालक शर्मा, शिक्षा मन्त्री र पीडित विद्यार्थीबीच वार्ता भएको थियो।

तस्बिर: मुकुन्द कालिकोटे