कालीकोट। नेकपा (एमाले) कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन्।
जिल्लाको खाँडाचक्र नगरपालिकाका मेयरसमेत रहेका पाण्डेले ४ सय ३३ मत पाउँदा उनका प्रतिद्वन्द्वी रमेश कुमार शाहीले २९७ मत पाएका छन्।
त्यस्तै संस्थापन समुहबाटै उपाध्यक्षमा दयाराम सिम्खाडा भारि मतले बिजयी भएका छन्। सचिवमा टेकबहादुर बुढा विजयी बनेका छन् भने उप-सचिवमा व्यासी तिरुवा र मनराज शाहीसहीत जसी पाण्डेको पुरै प्यानल विजयी भएको छ।
नेकपा एमालेको ९औँ जिल्ला अधिवेशनमा उपाध्यक्षमा निर्वाचित रमेश शाही एमालेमा दशभाई सुमहका नेताका रुपमा चिनिन्छन्। उनीसँगै पूराना नेता भरतराज धिताल, ऐन बहादुर शाही, कमल कुमार शाहीलगायतका नेताहरू एमालेमै रहेका थिए।
अध्यक्ष पदका लागि दयाराम सिम्खाडा, धिरबहादुर बम, तुलाराज मल्ल, जसीप्रसाद पाण्डे र रमेश कुमार शाहीको दाबी रहेको थियो। तर, अन्ततः पाण्डे र शाहीबीच प्रतिष्पर्धा भएको थियो।