काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा ७ बुँदे प्रस्ताव राखेको छ। शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरु बीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो।
बैठकमा आयोगले स्थानीय तहको निर्वाचनका लागि समय कम हुँदै गएको जनाउँदै त्यसका लागि सरकारको निर्णयमा भरपर्ने धारणा राखेको छ।
बैठकमा आयोगले राष्ट्रियसभा निर्वाचन २०७८ माघ १२ गते सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको जानकारी दिँदै त्यसका लागि ९ दलका तर्फबाट ४३ उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने जनाएको छ।
त्यसका लागि ५३२ जना प्रदेशसभा सदस्य र १४९३ जना गरी कुल २०२५ मतदाताले निर्वाचनमा भाग लिने आयोगले जनाएको छ। राष्ट्रियसभामा १९ पदका लागि निर्वाचन हुँदैछ।
अन्य प्रस्ताव तलको सूचीमा हेर्नुहोस्: