कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१० पुग्यो



काठमाडौँ। पछिल्लो २४ घण्टामा थप तीन हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। १० हजार ४९८ पीसीआर परीक्षण गर्दा दुई हजार ९२२ जनामा र चार हजार ५८३ एन्टिजेन परीक्षण गर्दा ६३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

हासम्म आठ लाख ४१ हजार २९७ संक्रमित भएका छन्। आज एक जनाको मृत्यु भएको छ। योसँगै कूल मृतकको संख्या ११ हजार ६१० पुगेको मन्त्रालयले जनाएको छ। आज २७१ जनाले कोरोना जितेका छन् भने १४ हजार २४० सकृय संक्रमित छन्।