माघ १५ गतेसम्म विद्यालय बन्द गरिने



काठमाडौँ। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ।

आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । साथै खुल्ला स्थानमा २५ जनाभन्दा धेरैले उपस्थित हुन पाउने छैनन्। आज मात्रै ११ सयभन्दा धेरै जनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ मन्त्रालयले जनाएको छ।