कालिकोट। नेपाल कम्युनिष्ट पार्टी एमाले कालिकोटको १०औं जिल्ला अधिवेशन शनिबार उद्घाटन गरिएको छ।
नेकपा एमालेका कार्यबहाक अध्यक्ष रमेश कुमार शाहीको अध्यक्षता तथा नेकपा एमालेका जिल्ला संयोजक एवं पार्टीका केन्द्रीय सदस्य नगिन्द्र शाही नेश्नलको प्रमुख आतिथ्यतामा अधिवेशन शनिबार उद्घाटन गरिएको हो।
पार्टीका सहसंयोजक दक्षिणा शाही, ईन्दिरा संज्यालको विशेष आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको हो। अधिवेशनबाट कालीकोटमा नयाँ नेतृत्व चयन हुनेछ। नयाँ नेतृत्व आईतबार (भोली) चयन हुने बताईएको छ।