एकीकृत स्वास्थ्यकर्मी संगठन कर्णालीको अध्यक्षमा रावल



सुर्खेत। नेकपा (एकीकृत समाजवादी) निकट स्वास्थ्यकर्मीहरुको साझा संगठन एकीकृत स्वास्थ्यकर्मी संगठन कर्णाली प्रदेशको अध्यक्षमा किशोरकुमार रावल चयन भएका छन्।

शनिबार एकीकृत स्वास्थ्यकर्मी संगठन कर्णाली प्रदेशको प्रथम भेलाले रावललाई अध्यक्षमा चयन गरेको हो। रावलको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन गरिएको छ।

सगठनको महिला उपाध्यक्षमा नन्दा शाही र पुरुष उपाध्यक्षमा राजन कुमार डाँगी चयन भएका छन्। सचिवमा पिटर चुनारा चयन हुँदा संगठनको सह-सचिवमा गमला कुमारी शाही र दिनेशकुमार रावल चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा चन्द्रबहादुर रावत चयन भएका छन्। यता जीवनजंग मगरातीको अध्यक्षतामा १५ सदस्यसीय सुर्खेत जिल्ला कमिटी पनि गठन गरिएको छ।