थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि



काठमाडौँ। नेपालका विभिन्न स्थानमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्रै थप २४ जनामा संक्रमण पुष्टि भएको हो।

१ हजार १४६ पोजिटिभ नमूनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरूमा २२ प्रतिशत एस जिन नेगेटिभ पत्ता लागेका हो। एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसअघि अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ। यस्तै, ओमिक्रोन भेरियन्ट संक्रमणबाट सतर्क रहन आग्रह गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई मन्त्रालयले आग्रह गरेको छ।