कालिकोट। नेकपा एमालेका युवा नेतृ पार्वती सिंहले कालिकोट जिल्लाको दशौं अधिवेशनमा पार्टी सचिवमा उम्मेदवारी घोषाणा गरेकी छन्।
पौष २४ गते हुने एमाले कालिकोट जिल्लाको दशौं अधिवेशनलाई नेकपा एमालेमा बलियो र सक्षम पार्टी निर्माण गर्नका लागि आफ्नो उम्मेदवारी रहेको सिंहले बताइन्। नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टी विभाजन हुँदा नेकपा एमालेमा क्रियाशील र कडा रुपमा सामाजिक सञ्जालमा उत्रिएकी युवा नेतृ सिंह कालिकोट जिल्लाको शान्नित्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदमा पराजित भएकी थिइन्।
नेकपा एमालेमा लामो संघर्ष गरेकी सिंह अहिले पार्टीको सचिव पदमा उम्मेदवारी दिंदा चर्चामा आएकी छन्। महिलालाई राजनिति भन्दापनि नैसर्गिक अधिकारका लागि जोसूकैसँग पनि सवाल जवाफ गर्न सक्ने कुरामा आफू परीपक्क भएर महिलाहरुको अधिकारका लागि सधैं संघर्ष गर्ने उनले बताइन्।
‘आधा आकाश र आधा धर्ती ओगेटेका महिलाहरुले नेपालको राजनीति परिवर्तन र आन्दोलनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको सर्वविदितै छ। अबको राजनिती र आन्दोलनको स्वरुप परिवर्तन भैसकेकाले उक्त आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै महिला हित र मुक्तीका लागि संविधानमा घोषित हक अधिकारहरुलाई हुबहु कार्यान्वयनका लागि सम्बन्धित निकायहरुसँह सहकार्य र समन्वयमा जोड दिने छु’ उनले भनिन्।