कालिकोट। नेकपा (एमाले) कालिकोटको दशौं जिल्ला अधिवेशनमा युवा नेता प्रेमबहादुर बुढाले उपसचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
युवाहरुले रोजेको, प्रतिनिधिहरुले खोजेको, अब्बल, सक्षम तथा सैद्धान्तिक र बैचारिक रुपमा प्रष्ट वक्ताका रुपमा चिनिंदै आएका बुढाले उपसचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्। पार्टीका अग्रज र अरु यूवा नेताहरुसँगको बृहत छलफल पछि आफूले उम्मेदवारी घोषणा गरेको बुढाको भनाई छ।
तत्कालीन समयमा नेकपा माओवादीको द्वन्द्वकालिन अवस्थालाई चिर्दै अनेरास्ववियु कालिकोटको जिल्ला कमिटि सचिबको हैसियतमा जिल्लाव्यापी रुपमा संगठन बिस्तारमा होमिएका युवा नेता बुढा भन्छन्, ‘जब नेकपा एमालेलाई संकट र विभाजनका जालझेल हुँदैगर्दा पार्टी सिद्धान्त, बिचारको दृष्टिकोणमा सतिसाल झैं उभिंदै पार्टी बलियो बनाउन हरेक क्रियाकलापमा सक्रियता पुर्वक आफ्नो जिम्मेवारी बहन गर्दै आएकाले पार्टी प्रतिनिधिहरुले आफूलाई न्याय दिनेमा विश्वस्त छु।’ इमानदार, निष्ठावान, बफादार सिपाहीका रुपमा परिचित यूवा नेता बुढा जनबर्गिय संगठन र पार्टीका विभिन्न तहमा रहेर संगालेको अनुभवलाई जिल्ला पार्टीमा प्रयोग गर्ने योजनामा छन्।
विद्यार्थी राजनीतिबाट नेकपा एमालेमा आबद्ध बुढा मिलनसार स्वभावका मानिन्छन् भने पदका लागि मरिहत्ते नगर्नेको सूचिमा पनि पर्दछन्। योग्यता, क्षमता र लगानिका हिसाबले पनि पार्टी उपसचिवमा आफू योग्य भएको ठहर गर्दै यूवा नेता बुढाले दशौं जिल्ला अधिवेशनमा उपसचिवको तयारी थालेका हुन्।