मुगुमा पुन:हिमपात, जनजीवन कष्टकर



मुगु। हिमाली जिल्ला मुगुमा दोस्रोपटक हिमपात भएको छ। एक साताअघि परेको हिउँ पग्लन नपाउँदै पुनः बुधबार रातिबाट दोस्रो पटक हिमपात भएको हो।

जिल्लामा परेको दोस्रो पटकको हिमपातले सदरमुकाम गमगढी बजारमा असर गरेको छैन भने उच्च भेग ताल्चा, रारा, मुर्मा, माथितुम, बाम, रोवा, कोटीला, टोप्ला, मुगुम कार्मारोङ्ग गाउँपालिका का मुगु, डोल्फू, खत्याड गाउपालिकाका खमाले, सोरुकोट लगायतका हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

हिमपातले उच्च हिमाली बस्ती सेताम्मे देखिएका छन्। एक साता अगाडि परेको हिमपात पग्लिन नपाउँदै पुन हिमपात भएको स्थानीय मणिचन्द्र भामले बताए। हिमपातले अत्यधिक चिसो बढ्नुका साथै जनजीवन कष्टकर भएको छ।